काठमाडौं - पछिल्लो २४ घण्टामा थप ७ सय ३१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

यो सँगै नेपालमा  ५५ हजार  ३ सय ७१ जना संक्रमित  उपचारपछि निको भएका छन्।  मन्त्रालयका अनुसार १० हजार ८ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १० लाख ९ हजार २ सय ९८ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार ५ हजार ७ सय ७८ जना क्वारेन्टाइनमा छन्। सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ जना  रहेको छ। 

कुन प्रदेशमा कति डिस्चार्ज 

प्रदेश १ –५०७०

प्रदेश २– १३५६३

बाग्मती प्रदेशमा –१५३११

गण्डकी प्रदेशमा –३२९३

प्रदेश ५मा –८५७१

कर्णाली प्रदेशमा –२८६५

सुदूरपश्चिम प्रदेशमा ६६९८