एजेन्सी - विद्युतीय हिटरबाट घर आगलागी हुँदा नाइजेरियामा शुक्रबार आमा र बच्चासहित कम्तीमा पाँच जनाको मृत्यु भएको। नाइजेरियाको उत्तरपश्चिमी केब्बी राज्यामा भएको सो आगलागीबाट आमासहित उनका तीन र अन्य एक बच्चाको जलेर मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्।

आगलागीहुँदा सबै जना सोही घरभित्रै थिए। एक बच्चाभने घर बाहिर जलेको आवस्थामा भेटिएको जनाइएको छ।आपतकालिन व्यवस्था निकायका प्रदेश प्रमुख सानी डोडोडोले विद्युतीय हिटरबाट आगलागी भएको जानकारी दिए।

घटनानका बारेमा थप अनुसन्धान जारी रहेका जनाइएको छ।