काठमाडौं - चर्चित भारतीय रियालिटी शो 'बिग बोस' १३ औं संस्करणको उपाधि अभिनेता सिद्धार्थ शुक्लाले जितेका छन्।

सुरुदेखि नै बलियो प्रतिदन्वदी मानिदै आएका सिद्धार्थले जितसँगै ५० लाख भारू र ट्रफी प्राप्त गरेका छन्।विजेता सिद्धार्थ चर्चित भारतीय टेलिभोजन अभिनेता हुन्। उनी 'बालिका वधू', 'दिल से दिल तक' जस्ता सिरियलका लागि चर्चित छन्।

उनीले फिल्ममा समेत अभिनय गरेका छन् । ३९ वर्षीय शुक्ला सन् २०१४ मा 'हम्प्टी शर्माकी दुल्हनियाँ'बाट बलिउडमा डेब्यू भएका थिए।

बिग बोसको १३ संस्करणको अवधिभर उनी आफ्नो रिसाहा व्यवहारका कारण चर्चामा छाइरहन सफल भएका थिए।उनी अशिम, शेहनाज गिल, रेशमी देसाईं, आरती सिंअ र पारस छब्बारालाई पछि पार्दै 'बिग बोस'को विजेता बनेका हुन्।