काठमाडौं वेस्ट इण्डिजका विस्फोटक ब्याटस्म्यान क्रिस गेलको संन्यास स्थगित भएको छ। यसअघि उनले भारतसँगको एक दिवसीय सिरिजपछि अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिने बताइएको थिए।

यसरी यो वर्ष उनले संन्यास स्थगित गरेको यो दोश्रो पटक हो। वेस्ट इण्डिजसँगको तेश्रो तथा अन्तिम वान डे मा ७२ रन जोडेका गेलले खेलपछि क्रिकेटर कमेन्टेटेरले सोधेको प्रश्नको जवाफमा यस्तो बताएका हुन्।

कमेन्टेटरले गेललाई ,'के तपाईंले वान डे क्रिकेटबाट संन्यास लिनुभएको हो? भनेर सोधेका थिए।

जवाफमा गेलले भने, मैले अहिले संन्यासको घोषणा गरेको छैन्।

यसको मतलब तपाईं खेलिरहनुहुनेछ? भनेर कमेन्टरले गेललाई थप सोधेका थिए।

एकदमै, जबसम्म अगाडी घोषणा हुँदैन, तबसम्म तपाईं त्यस्तो मान्न सक्नुहुन्छु, गेलले जवाफमा भने।

३९ वर्षिय गेलले यस वर्ष अप्रिलमा आईसिसी विश्वकपपछि संन्यास लिने बताएका थिए तर उनले त्यसो गरेनन्। त्यसपछि फेरि उनले भारतसँगको वान डे सिरिजपछि सन्यास लिने सार्वजनिक भएको थियो। वेस्ट इण्डिजको टेस्ट टोलीमा उनलाई नअटाइएकाले पनि भारतसँगको वान डे सिरिज पछि उनले क्रिकेटबाट बिदा लिने अनुमान गरिएको थियो तर त्यस्तो भएन। उनले फेरि एकपटक मन फेरेका छन्।