काठमाडौं - कोरोनाभाइरस महामारीका बीच सन् २०२० को टोक्यो ओलिम्पिक्स एक वर्ष पर सारिएको प्रतियोगिताका आयोजकहरूले जनाएका छन्।

एक वर्षपछाडि सार्न जापानले गरेको प्रस्तावलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी)का प्रमुखले सहमति जनाएका हुन्।

प्रधानमन्त्री सिन्जो आबेले नयाँ समयसीमाबारे स्पष्ट केही नबताए पनि ढिलोमा त्यो, सन् २०२१ को गर्मीयामभित्र आयोजना हुने बताए। यद्यपि त्यसलाई टोक्यो २०२० नै भनिने र उक्त आयोजना कोरोना भाइरसमाथिको विजय उत्सवको रूपमा हुने आबेले बताए।

बीबीसीका खेल संवाददाता एलेक्स क्याप्स्टिक भन्छन्( ओलिम्पिक प्रतियोगिता सारिएको यो पहिलो पटक हो। युद्धका बेला ओलिम्पिक्स रद्द गरिएको थियो तर कहिल्यै पर सारिएको थिएन।