काठमाडौं -  प्रदेश-२ मा राष्ट्रियसभाको निर्वाचनमा महिलाबाट उम्मेदवार बनेकी नेपाल कम्युनिष्ट पार्टी नेकपाकी तुलसाकुमारी दाहाल विजयी भएकी छन् ।

उनले नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी नगिना यादवलाई ४६८ मतले पछाडि पार्दै विजयी भएकी हुन् । तुलसाले ५ हजार २ सय ८ मत ल्‍याएकी छिन् भने कांग्रेसकी नगिनाले ४ हजार ७ सय ४० मत ल्‍याएकी हुन् । यस्तै निर्वाचनमा दुई मत मात्रै बदर भएको छ।