काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि बिहीबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन् ।

मुटुको चाल बढेपछि अस्पताल भर्ना भएका ओलीको स्वास्थ्यमा सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको मुटुरोग विशेषज्ञ डा। अरुण सायमीले जानकारी दिए।