काठमाडौं - चर्चित बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । ६७ वर्षिया कपुरको आज बिहान उपचारको क्रममा अस्पतालमा निधन भएका हो ।

When Lata Mangeshkar cradled baby Rishi Kapoor in her arms ...

बुधबार मात्र अर्का बलिउड नायक इरफान खानको निधनले स्तब्ध बनेको बलिउडलाई कपुरको निधनले झनै शोकमा डुबाएको छ ।उनलाई नेता, अभिनेता, गायकलगायत अन्यले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

Lata Mangeshkar mourns Rishi Kapoor's death with rare childhood ...

यसैबीच बलिउडकी गायिका लत्ता मंगेश्करले ऋषिको निधनले आफू शब्दबिहिन भएको उल्लेख गरेकी छिन् । लत्ताले ऋषि कपुर ६ महिनाको हुँदा उनलाई काखमा बोकेकी थिइन् ।

Rishi Kapoor dies at 67: Amitabh Bachchan and others mourn the ...

सोही तस्वीर शेयर गर्दै लत्ताले लेखेकी छिन्–‘केही समय पहिला मलाई ऋषिले यो तस्वीर पठाएका थिए । मलाई ती दिनहरुको याद आइरहेको छ । म शब्दबिहिन भएकी छु ।’