काठमाडौं-मंगलबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार नेपाली बजारमा तेजावी सुन प्रतितोला ६१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

महासँघका अनुसार, मंगलबार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।