काठमाडौं – उपचारको क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिप्रिजेन्समार्फत सरकारका मन्त्रीहरुको काम कारबाहिको विषयमा जानकारी लिएका छन् ।

ओलीले अस्पतालको शैयाबाटै टेलिप्रिजेन्स प्रविधिको प्रयोग गरेर मन्त्रीको काम कारबाहीको बिषयमा जानकारी लिएका हुन् । उनले सिंहदरबारमा मन्त्रीहरुलाई संयुक्त रुपमा बसालेर मन्त्रालयका काम कारबाही र सरकारका गतिविधिका बिषयमा बिफ्रिङ लिएको उनको नीजि सचिवालयले जनाएको छ ।

सो, समयमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री लामो समय देश बाहिर रहनु परेकाले दोस्रो पटक टेलिप्रिजेन्समार्फत मन्त्री परिषद्को बैठक बसालेका थिए ।

प्रधानमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार विष्णु रिमालले ओलीले मन्त्रीहरुको काम कारबाहीको बिषयमा ब्रिफिङ लिनुका साथै आफ्नो स्वास्थ्य अवस्थाबारे मन्त्रीहरुलाई जानकारी गराएको बताएका छन् ।

उपचारको क्रममा सिंगापुरमा रहेका ओली आगामी शुक्रबार स्वदेश फर्किने तयारी छ । प्रधानमन्त्री एवंम पार्टी अध्यक्षलाई लिन महासचिव विष्णु पौडेल आजै ९मंगलबार० सिंगापुर प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीले सिंगापुरको नेसनल युनिर्भसिटि हस्पिटलमा उपचार गराइरहेका छन् । प्रधानमन्त्री ओलीले लामो समययता मर्गौलाको उपचार गराउँदै आईरहेका छन् ।