काठमाडौं - प्रहरीले विप्लव समूहका एक जना नेतालाई पक्राउ गरेको छ । प्रतिवन्धित उक्त समूहका पूर्व केन्द्रीय सदस्य समेत रहेका भक्तपुर र ललितपुरका पूर्वइञ्चार्ज टेकबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

केसीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराति निकोसेराबाट नियन्त्रणमा लिएको हो ।

केसीलाई अहिले जिल्ला प्रहरी कार्यालय, भक्तपुरमा राखिएको छ । उनको साथबाट चन्दा उठाएको रसिद, मोबाइल फोनलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।