काठमाडौं - काठमाडौं उपत्यकामा आइतबारदेखि अत्यावश्यकबाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरू दुई साता बन्द हुने भएका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू र तीनै वटै जिल्लाका जिल्ला समन्वय समितिका अधिकारीहरूको जिल्ला प्रशासन कार्यालयमा शुक्रबार दिउँसो बसेको बैठकले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि यस्तो निर्णय गरेको हो ।

उपत्यकामा सरकारले बिहीबारदेखि जोरबिजोरमात्र सवारी साधन सञ्चालन गर्ने निर्णय गरिसकेको छ भने उपत्यकामा बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरिसकेको छ।