काठमाडौं - ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरु मार्फत प्रदान गरिएको ब्रोडब्याण्ड ईन्टरनेट सेवा ४१ जिल्लाहरुमा १०० प्रतिशत र ८ जिल्लामा ५० प्रतिशत कार्य सम्पन्न गर्न नेपाल दूरसञ्चार प्राधिकरण सफल भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सम्पूर्ण स्थानिय निकायहरु नगरपालिका, गाँउपालिका र वडा कार्यालय, स्वास्थ्य संस्थाहरु हेल्थ पोष्ट, हेल्थ सेन्टर र सामुदायिक अस्पताल तथा सामूदायिक माध्यामिक बिद्यालयहरुमा ब्रोडब्याण्ड ईन्टरनेट सेवा पुर्याउन तदारकताका साथ काम गरिरहेको छ ।

४१ जिल्लाहरुमा १०० प्रतिशत र ८ जिल्लामा ५० प्रतिशत कार्य सम्पन्न समेत गरिसकेको छ ।

ब्रोडब्याण्ड ईन्टरनेट सेवा  १०० प्रतिशत कार्य सम्पन्न भयका ४१ जिल्लाहरु :

१. काभ्रे

१.सिन्धुपाल्चोक

२. रसुवा

३.नुवाकोट

 ४.दोलखा

 ५.रामेछाप

६.सिन्धुली

७.ओखलढुङ्गा

८.गोरखा

९. धादिङ

१०.मकवानपुर

११.बारा

१२.पर्सा

१३.रौतहट

१४.सर्लाही

१५.धनुषा 

 १६.सप्तरी

१७.सिरहा

१८.महोत्तरी

१९.जाजरकोट

२०.कालिकोट

२१.रोल्पा

२२.पूर्ब रुकुम

२३.पस्चिम रुकुम

२४.डोल्पा

२५.हुम्ला

२६.जुम्ला

२७.मुगु

२८.बैतडी

२९.डडेलधुरा

३०.दार्चुला

३१.डोटी

३२.ताप्लेजुङ्ग

३३.सोलुखुम्बु

३४. संखुवासवा

३५.अछाम

३६.बजाङ्ग

३७.बाजुरा

३८.दैलेख

३९.सुर्खेत

४०. सल्यान

 ५० प्रतिशत कार्य सम्पन्न भयका आठ जिल्लाहरु 

१. भोजपुर 

२. धनकुटा 

३. पाँचथर 

४. खोटाङ 

५.तेह्रथुम 

६.मनाङ 

७. बागलुङ 

८. म्याग्दी 

बाँकी जिल्लाहरुमा लकडाउन पुर्ण रूपमा  खुला भए पछी जडानको कार्य तदारकताका अगाडी बढाईने नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ ।