काठमाडौ - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लाइफ इन्स्योरेन्स कम्पनी मध्यकै अब्बल मानिएको छ । देशभर एक सय २५ भन्दा बढी शाखा उपशाखाहरु रहेको यस कम्पनीले ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएको छ ।

यो बीमा समितिकोे नियम अनुसार पुर्याउनु पर्ने चुक्ता पुँजीको दोब्बर भन्दा बढी हो भने यस कम्पनीको जीवन बीमा कोषमा ५० अर्ब रुपैयाँ रहेको छ ।

यस कम्पनीले आफ्नो शेयरधनीलाई ६५ देखि ८२ रुपैयाँसम्म (प्रतिहजार) बोनस दिने गरेको कम्पनीले जनाएको छ । चार पटकसम्म 'बेस्ट म्यानेजमेन्ट अवार्ड' पाइसकेको यस प्रतिष्ठित कम्पनीमा हालसम्म २४ लाख भन्दा बढी व्यक्तिको बीमा गराइ सकेको कम्पनीले जनाएको छ ।