काठमाडौं,रौतहट - आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

आफ्नै ३८ वर्षीया श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा चन्द्रपुर नगरपालिका-४ चपुर चोक बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबिच घरायसी झै-झगडा हुँदा आफ्नै श्रीमतीलाई सुन पखाल्न प्रयोग हुने एसिड प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चपुरबार खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । 

घाइतेको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।