भक्तपुर - सुर्यविनायक नगरपालिका ५ कटुन्जे स्थित नगरपालिका कार्यालय नजिक सडकबाट लुकिछिपी दधिकोट हुँदै जान खोज्ने ट्रिपरलाई रोक्ने क्रममा  महानगरीय प्रहरी प्रभाग इन्चार्ज प्रहरी नायव निरीक्षक किशोरध्वज कार्कीलाई ५०० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.४ ख ७१७२ नम्बरको ट्रिपरका चालक काभ्रेपलान्चोक मण्डन देउपुर  नगरपालिका ३१ वर्षीय धनबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित खटिएको प्रहरी नायव निरीक्षक कार्कीले ट्रिपर रोक्ने क्रममा चालक लामालाई ट्राफिक कार्वाही गर्छु भन्दा मिलाइदिनु भन्दै व्ल्यु बुकभित्र ५००रुपैयाँ  रकम दिई प्रहरीलाई प्रलोभनमा पारी कारवाहीबाट बच्न  खोजेका थिए । घट्नाका सम्बन्धमा प्रहरी वृत्त जगातीले आवश्यक अनुसन्धान गरिरहेको छ।