काठमाडौं - राजधानीको मुटुमा रहेको टुँडिखेल अतिक्रमणको विरुद्धमा हजारौं नागरिक टुँडिखेलमा उत्रिएका छन् ।

शनिबार बिहान ८ बजेबाट सुरु भएको अभियानमा सर्वसाधारण नागरिकदेखि विभिन्न राजनीतिक, सामाजिक, सांस्कृतिक संघसंगठनका नेता कार्यकर्ताहरु पनि नागरिकको हैसियतमा टुँडिखेल पुगे ।

अकुपाइ टुँडिखेल अभियान टुँडिखेल खुल्ला हुनुपर्ने माग गर्दै सुरु भएको अभियान हो । शनिबार बिहान ८ बजेदेखि करिब एक घण्टासम्म रत्नपार्कदेखि खुल्लामञ्च र सैनिकमञ्चको बीचको बाटोसम्म मानव साङ्लो बनाएर अभियानको सुरुवात गरिएको छ ।