काठमाडौं - बलिउडका महानायक अमिताभ बच्चनले अंगदान गर्ने घोषणा गरेका छन्। अमिताभले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै आफूले अंगदान गर्ने जानकारी दिएका हुन्। 

उनले आफ्नो आधिकारिक ट्विटर खातामा आफ्नो तस्वीर शेयर गरेका छन्। तस्विरमा उनको कोटमा सानो हरियो रंगको रिबन देखिन्छ। आफ्नो तस्वीर साझा गर्दै अमिताभले ट्वीटमा लेखे, 'म एक वचनबद्ध अंगदाता हुँ। मैले यो हरियो रिबन यसको पवित्रताको लागि लगाएको हुँ। '

अमिताभ बच्चनको यो ट्वीट सोशल मीडियामा लगातार भाइरल भइरहेको छ। फ्यानहरू र सबै सोशल मीडिया प्रयोगकर्ताहरू यस ट्वीटलाई मन पराएका छन् । साथै कमेन्ट मार्फत अमिताभको प्रशंसा गरिरहेका छन्।

एक प्रयोगकर्ताले अमिताभ बच्चनको निर्णयको ट्वीट गर्दै लेखेका छन्, 'म एक अंग दाता हुँ जो तपाईबाट प्रेरित भएको छु।' केही समयअघि कोरोना संक्रमित बनेका उनी संक्रमणमुक्त भएर काममा फर्किसकिएका थिए।

अमिताभ बच्चन आफ्नो लोकप्रिय 'शो कोन बनेगा करोडपति' को १२ औं सिजनका कारण चर्चामाछन्। केबीसीको १२ औं सत्रको पहिलो एपिसोड सोमबार कोरोना भाइरस महामारीको बीचमा प्रसारण भएको थियो । अमिताभको केबीसी टेलिभिजन  स्क्रिनको लोकप्रिय शो हो।