काठमाडौं - प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन् ।

वीरगञ्जको नारायण अस्पतालमा सोमबार पुनः परीक्षणका लागि स्वाब पठाइएकोमा मंगलबार सांसद यादवकाे कोरोना रिपोर्ट नेगेटिभ आएको हो । गत साउन १७ गते कोरोना पोजेटिभ देखिएपछि उनी घरमै होम आइसोलेसनमा बसेका थिए । डाक्टरले दिएको सल्लाह सुझाव अनुसार चलेकोले कोरोनालाई जित्न सफल भएको उनले बताएका छन् ।

‘आज मैले १२ दिन पछि दोस्रो पटक एऋच् जाँच गराउंदा कोरोना नेगेटिव देखिएको जानकारी गराउन चाहन्छु। म बिरगंज स्थित आफनो घरभित्र आइसोलेट भएर आत्मअनुशासन क़ायम गरि सुरक्षित रूपले बसी डाक्टरले दिएको सल्लाह सुझाव अनुसार चलेकोले कोरोनालाई जित्न सफल भएको छु’ उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘कोरोनाको यो जंग सर्वशक्तिमान परमेश्वरको कृपा,माता पिता तथा अभिभावकों आशीर्वाद मेरो प्राण भन्दा प्यारो सम्मानित जनताको प्रार्थना साथी भाई ईस्ट मित्र को प्रेरणा र मेरा शुभचिन्तक एवं मतदाता को कामनाले कोरोना को यो जंग जितेको छु तर पनि संक्रमित सुरक्षा नियम अनुसार र डाक्टर को सलाह र निर्देशन बमोजिम अझपनि सात दिन सम्म आइसोलेट भएर बस्नु पर्ने भएको हुन्नाले म घरमै होम आइसोलेसन मा रहने भएको छु ।’

उनले सामाजिक दूरी कायम राख्न समेत सबैलाई आग्रह गरेका छन् ।