काठमाडौं - आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ ।

यसै क्रममा बुटवलस्थित राम मन्दिर लाइनमा यस बैंकले आफ्नो १०५ औं शाखा संचालनमा ल्याएको छ ।

शुक्रबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत  रत्न राज बज्राचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभयो ।

सो कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादव, बुटवल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष उज्जवल कसजु, लगायत बैंकका अन्य सदस्यहरmको उपस्थिति रहेको थियो ।