काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ओलीको स्वास्थ्यबारे जानकारी लिन वरिष्ठ नेता माधव नेपाल अस्पताल पुगेका छन् ।

नेता नेपालले शुक्रवार दिउँसो त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिएको नेकपा स्राेतले बताएको छ ।

करिब आधा घण्टा बढी भएको भेटमा प्रधानमन्त्रीको स्वास्थ्य र कोरोना भाइरसबाट बच्न भइरहेका पहलबारे कुराकानी भएको थियो ।

मुटुमा समस्या देखिएपछि ओली बिहिवार राति अस्पताल भर्ना भएका हुन् । आजै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए।