पोखरा - १३ औं दक्षिण एसियाली खेलकुद (साग )मा महिला फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा सथान पक्का गरेको हो । नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’को हृयाट्रिक गरिन् ।

खेलको १६ औं मिनेटमा सावित्राको गोलबाट नेपालले सुरुवाती अग्रता लिएको थियो । चार मिनेटपछि नै सावित्राले नै नेपालको अग्रता दोब्बर पारिन् ।

खेलको इन्जुरी समयमा सावित्राले पेनाल्टीमा गोल गर्दै हृयाट्रिक पूरा गरिन् । योसँगै साबित्राले पुर्वकप्तान अनु लामाको ३५ गोलको किर्तिमान तोडेकी छन् । यसअघि साबित्राले किर्गिस्तानमा सम्पन्न नाडेज्दा कपमा गोल गर्दै अनुको ३५ गोलको किर्तिमान बराबरी पारेकी थिइन् । अब नेपालले स्वर्णका लागि भारतसँग खेल्नेछ ।