काठमाडौं,एजेन्सी - सोनी टिभीको शो 'द कपिल शर्मा शो' विगत दुई बर्षदेखि मानिसहरूका हृदयहरूमा बसीरहेको छ। कपिल शोका मुख्य पात्र हुन् भने उनको साथ किकु शारदा, शिमोना, कृष्ण अभिषेक, चन्दन र भारती सिंहको रमाइलोले जहिले पनि दर्शकहरुको मन जितिरहेको छ। 

तर अब भने कमेडियन कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’ को यो सिजन चाँडै नै ‘अफ एयर’ हुँदैछ। शो समूहले यो विषयमा चाँडै नै आधिकारिक घोषणा गर्ने भएका छन्। यो सिजन सकिएपछि उनको टिम नयाँ सिजनको तयारीमा जुट्नेछन्। दर्शकमाझ लोकप्रिय र टेलिभिजनमा बढी माग गरिएको यो शोको नयाँ सिजन हेर्नका लागि करिब ३ महिना लाग्ने बताइएको छ।  

कोरोना भाइरस महामारीको कारण रोकिएको कार्यक्रम जुलाई २०२० देखि दर्शकहरू बिना  पुनः सुरु भइको थियो। ई-टाइम्स समाचारका अनुसार निर्माताहरूसँग यस कार्यक्रमलाई छिट्टै प्रसारण गर्ने योजना छैन। कोरोनाको कारणले  प्रत्यक्ष दर्शकहरु नभएकोले कार्यक्रम छिट्टै प्रसारण नगरिने बताएका छन्।

कपिल एक नेटफ्लिक्स शो मा देखा पर्नेछन्। करीव दुई हप्ता अघि कपिलले सामाजिक सञ्जालमा आफ्नो नेटफ्लिक्ससँगको नयाँ कार्य सार्वजनिक गरेका थिए यद्यपी कपिलले नेटफ्लिक्ससँग के गरिरहेको छन् भन्ने समाचार अहिलेसम्म खुलाइएको छैन।