दाङमा विषालु सर्पले डस्दा बालिकाको मृत्यु
खबर एक्सप्रेस
२०७६-०५-१९ ११:०० मा प्रकाशित
Total Shares: 877
दाङ - दाङमा विषालु सर्पले डस्दा एक बालिकाको मृत्यु गएको छ। घोराही उपमहानगरपालिका १ सिमलताराकी ७ वर्षीया गोमा वलीलाई गराइच सर्पले डस्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
सिमलताराका खिम बहादुर वलीकी छोरी गोमालाई बुधबार घरमै खेलिरहेको बेला सर्पले डसेपछि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो, गोमाको उपचारको क्रममा विहीवार विहान पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले बताए।
फेसबुक पेज Like गर्नुहोस