काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडेको पानीमा दुई जना बेपत्ता भएका छन् । आयोजनामा काम गर्ने एक जना इन्जिनियर र चालक हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।

केहि दिनदेखि सुरुङमा पानी हालेर परिक्षणको काम भइरहेको छ । परिक्षणको क्रममा सुरुङभित्र निरिक्षण गर्न गएका ४ जनालाई पानीले बगाएको थियो । बगाएकामध्ये दुई जनाको जिवित्तै उद्धार गरिएको छ भने दुई जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता दुई जनाको तीव्र रुपमा खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।