एजेन्सी - भारतीय चलचित्र निर्देशक एसएस राजामौलीको परिवारका सबै सदस्यमा कोरोनाका संक्रमण देखिएको छ । सफल चलचित्र ‘बाहुवली’का निर्देशक राजामौलीले एक ट्वीट गर्दै आफ्नो पूरा परिवारलाई कोरोना लागेको बताएका हुन् ।

एक ट्वीट गर्दै राजामौलीले दिएको जानकारी अनुसार आफ्ना परिवारका सदस्यलाई केही दिनदेखि हलुका ज्वरो आएको र कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको बताएका छन् ।

कोरोना देखिएपछि हाल उनको परिवार चिकित्सकको सल्लाह अनुसार होम क्वारेन्टाइनमा बसेका छन् । राजामौलीले आफ्नो परिवार शरीरमा एन्टीवडीको विकासलाई कुरिरहेको र त्यसपछि प्लाज्मा दान दिने बताएका छन् ।