काठमाडौं - अमेरिकाको माथिल्लो सदनमा सिनेटमा बिहिबार राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको छ । अमेरिकाको इतिहासमा राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याइएको तेस्रो पटक हो ।

ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव तल्लो सदनबाट पारित भइसकेको छ । डेमोक्रेट्स संसद् एवं तल्लो सदनकी सभामुख नान्सी पेलोसीेले ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पुगेको जानकारी दिइन् ।