काठमाडौं - नेपालका हिन्दू राष्ट्रगुरु योगी नरहरिनाथको जन्म वि.सं. १९७१ फागुन १७ गतेका दिन कर्णाली अञ्चलको कालीकोट जिल्लास्थित लालू गाउँमा भएको थियो । उहाँका पिताको नाम ललितसिंह थापा थियो भने माताको नाम गौरीदेवी थापा थियो । योगीजीको बाल्यकालको नाम बलवीरसिंह थापा थियो । वि.सं. १९८१ मा जुम्लास्थित सिद्ध चन्दननाथमन्दिरका तत्कालीन मठाधीश योगी छिप्रानाथ महाराजले बलवीरसिंह थापालाई गोरक्षनाथ सम्प्रदायमा दीक्षित तुल्याई कानमा दर्शनी (कुण्डल) र गैरिक वस्त्र पहि¥याइदिएपछि उहाँको नाम योगी नरहरिनाथ राखिएको थियो । आज योगीजीको जन्म भएको १०४ वर्ष पूरा भएर १०५औँ वर्षमा प्रवेश गरेको छ । यस सुखद अवसरमा राष्ट्रगुरु योगी नरहरिनाथज्यूप्रति श्रद्धासुमन अर्पण गर्दछु ।

आप्mनो जन्मलाई सार्थक तुल्याएर देहत्याग गर्नुभएका श्रद्धेय राष्ट्रगुरुका जीवन्त योगदानहरू वर्तमानको समयमा अँझ बढी उपयोगी छन् । सन्त कविरले गाउनु भएको ‘मानिस जन्मदा रोए पनि समाजले खुशी मनाइरहेको हुन्छ, असल व्यक्तिले संसार त्याग गर्दा आपूm खुशी हुन्छ अरुलाई रूवाएर जान्छ’ भनेजस्तै योगी नरहरिनाथले पनि समाजले कहिल्यै बिर्सन नसक्ने गुन लगाएर जानुभएको छ । संसारलाई जन्म जन्मसम्म पनि रोइरहने, योगीलाई सम्झिइरहने बनाएर जानुभएको छ । वर्तमान पिढीसँग उहाँको साक्षात्कार नभए पनि योगीजीले गर्नुभएका सबै योगदान र कर्महरू वर्तमान र भावी पुस्ता पुस्तासम्मका निमित्त पुग्ने गरी सम्प; गरेर जानुभएको छ जसका कारण हाम्रो समाजको शिर युग युगान्तरसम्म उँचो रहिरहने छ । नेपाल र नेपालीको गौरव अनि वीरगाथा नक्षत्र मण्डलको तारा झैँ चम्किइरहने छ । राष्ट्रियता र राष्ट्रिय मौलिकताको संरक्षण संवद्र्धनका खातिर योगीजीका सत्कर्महरू सदाकालका निमित्त अजर अमर बनेर रहेका छन् । हामीले बाटो बिर्सिँदा योगीजीले बाटो सोझयाइदिनुभएको छ । हामी हराउँदा योगीजीले बाटो पहिल्याइदिनुभएको छ । हामी लड्दा पछारिँदा राष्ट्रगुरुले मायालु हातले समातेर उठाइदिनुभएको छ । विगतका दिनमा पनि योगीजीले हामीलाई सचेत र सजग रहनका लागि डाँको हाल्नुभएकै थियो । हामीले मात्रै बुझ्न सकेनौँ वा बुझ्न चाहेनौँ । उल्टै सत्पुरुष योगीलाई खरानी घस्ने फुस्रे जोगी बनायौँ । योगीजीले हिँजो सचेत गराउनुभएका चेतावनीहरू आज सत्य सावित हुँदै गएका छन् । योगीले हामी र हाम्रा सन्ततिहरूका लागि लगाउनुभएको गुनको बदला हामीले उहाँका योगदानहरूको सत्यानाश गरेर तिरिरहेका छौँ । धन्य हामी ।

आजको पवित्र दिन, यस धराधाममा योगीजीको अवतरण भएको दिन भएकोले प्रस्तुत लेखमा धेरै लामो गन्थनमन्थन नगरिकन हामीलाई अनुगृहित तुल्याएर जानुभएका विद्वत्पुरुषका केही महत्वपूर्ण योगदानहरूकै सम्झना गर्दा उपलव्धिमुलक होला । सम्पूर्ण विश्वमानवसमुदायले भगवान् गोरक्षनाथका अंशावतार पुरुषको रूपमा श्रद्धा गरे पनि नक्षत्रमण्डलको तारा झैँ चम्किलो व्यक्तित्वका धनी योगी नरहरिनाथलाई हाम्रो अल्पज्ञानले कहिल्यै चि;र जा;सकेन । हाम्रो विवेकले योगी भनेको जोगी र जोगी भनेको खरानी घस्ने, स्मशानघाटमा नाड्डै सुत्ने लट्टे जोगी मात्र भनेर चिन्यो । कि दक्षिणा बटुल्ने ध्येयले हात हेर्ने, तन्त्रमन्त्र झारफुक गरिदिने र बम् बम् भोलेको नाममा गाँजाको सुल्पाबाट धपक्कै आगो बालीदिने तथा वरिपरीको वातावरणलाई सुल्पाको धुँवाले कुइरिमण्डल बनाइदिनसक्ने जोगी भ;े मात्र चिन्यो । योगी नरहरिनाथ फरक कुरा थियो जसलाई चि; त के खुट्टयाउन पनि सकेन हाम्रो विवेकले । योगी नरहरिनाथले समग्र हिमवत्खण्डको भूमिलाई आप्mनो पैतालाले नाप्नुभयो, त्यसैले हामीले उहाँलाई गाउँ डुलुवा जोगीको रूपमा मात्रै चिन्यौँ । योगी नरहरिनाथले धाराप्रवाह संस्कृत गद्य र पद्य भट्टयाउनुभयो, त्यसैले हामीले उहाँलाई टपरे जोगीका रूपमा मात्र बुझ्यौँ । योगी नरहरिनाथले देशैभरिबाट पुरातात्विक महत्वका प्राचीन सामग्री संकलन गरेर मृगस्थलीको भण्डार भरिदिनुभयो, हामीले भने सडाउँदै ग¥यौँ । उहाँका मृगस्थली आश्रमलगायत अन्य आश्रमहरू इतिहास, संस्कृति र पुरातात्विकको संग्रहालयका रूपमा रूपान्तरण हुँदै गए, लोक संस्कृति र साहित्यको भण्डार बने, ठूला ठूला शास्त्रार्थ सभागार बने, देश विदेशका विद्वान्हरूका गन्तव्य बने, अध्येता एवम् अनुसन्धाताहरूका निम्ति महाविद्यालय बने, ज्ञान विज्ञानको परिशीलनस्थल बने, धर्मगुरुहरूका निम्ति धर्मस्थली बने, तर हामी भने निदाएको वहाना गर्ने भएर आफै ठगिन पुग्यौँ । यो क्रम अझैँ जारी छ । अब हामी सबै ब्यूँझन जरूरी छ ।

२०५९ साल फागुन १३ गतेका दिन योगी नरहरिनाथः ८८ वर्षको उमेरमा ब्रम्हलीन हुनुभयो । उहाँको समाधि हुनेबित्तिकै नजिकै आइरहेको महाशिवरात्रिपछि खोलिदिने गरी गुठी संस्थानले लगाएको ताल्चा १३ वर्ष १ महिनासम्म खोलिदिएन । यति लामो समयसम्म व्यवस्थित रेखदेख नहुँदा करिब तीन ट्रक कागजपत्रहरू नष्ट भए । आश्रमका कोठाहरूभित्र के थिए र के नष्ट भए भनेर जानकारी पनि कसैले दिन नसक्ने अवस्था ब; गयो । जानी जानी सम्पूर्ण विश्वमानवसमुदायप्रति अत्यन्त ठूलो घात हुन गयो । जुँगाको लडाई र बलमिच्याइले हुन गएको यस जघन्य अपराधका कारण सम्पूर्ण विश्वमानवसमुदाय अवश्यमेव प्रभावित हुने नै छ, भैरहेको पनि छ। यसको असरका बारेमा विद्वान् समाजशास्त्री, इतिहासविद्, पुरातात्वविद, भाषाविद्, साहित्यकार,आयुर्वेदज्ञ, संस्कृतिविद्, शिक्षक, पण्डित् एवम् धर्मगुरुहरू अँझ बढी जा;ुहुन्छ होला । ती सामग्रीहरूलाई बचाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकारकै थियो, सम्बद्ध सरकारी निकायहरूकै थियो । तिनै सरकारी निकायहरूले नै राष्ट्रिय अन्तर्राष्ट्रिय सिद्धान्त र मूल्य मान्यतालाई निर्ममतापूर्वक कुल्चिदिए। अरुको के कुरा गराई भयो र ?यसमा केही दोष त झगडा गरी गरी योगी नरहरिनाथःको आश्रम कुरेर बस्नेको पनि हुनेहोला । यतिसम्म भैसक्दा पनि के हेरेर बसिएको थियो ?नीजलाई पनि भोलिको समाजले अकबरी सुन मा;कदापि स्वीकार गर्नेछैन ।यसको छिनोफानो पनि भविष्यले गर्ने नै छ । योगी नरहरिनाथः ब्रम्हलीन भएर समाधिस्थ भैसक्दा पनि हामी योगीका देन र दर्शनप्रति सहृदयी एवम् उदार बन्न सकेनौँ । यो घटनालेनेपालको मात्र नभएर विश्वकै इतिहासलाई समेत कलङ्गित बनाइदियो । सामग्री नोक्सान हुँदा हाम्रै सामग्री नोक्सान भए, जसको नोक्सान् भयो उसैलाई बढी क्षति हुनु स्वाभाविक नै हो । यस अर्थमा सबैभन्दा ठूलो क्षति पनि हामीलाई नै भएको छ । यसैका कारण सम्पूर्ण नेपाली स्वजनहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा शिर निहुर्याउनुपर्ने अवस्था बनाइयो । यसले कति ठाउँमा हिमालजस्तो हाम्रो स्वाभिमानलाई झुकाउला भनेर कसैले अनुमान नै गर्न सकेनन् । कसैले चुँसम्म पनि बोल्न सकेनन्, गुठी संस्थानको ज्यादतिका विरूद्ध औँलो ठड्याइदिन सकेनन् ।

पहिले त जे जे भयो भयो, त्यसलाई बिर्सिदिउँ एकछिनका लागि । अहिले पनि किन त्यही व्यवहार दोहो¥याई राखिएको छ ?यति नोक्सानी भैसकेपछि पनि गत वर्ष २०७४ साल भदौ २६ गतेका दिन योगीको पुस्तकालय सुधारका लागि पिडीतकै पक्षबाट गुठी संस्थानमा दर्ता गरिएको प्रस्तावपत्रका सम्बन्धमा गुठी संस्थानले कानमा तेल हालेर बस्यो । सामग्री सडाएको जिम्मेवारी त लिइएन लिइएन, प्रस्तावपत्रको जवाफ पनि दिइएन । पुस्तकालय भन्नेबित्तिकै सार्वजनिक सम्पत्ति भन्ने बुझिन्छ । जिम्मेवार सरकारी निकायहरूद्वारा पवित्र सार्वजनिक प्रतिष्ठान्लाई सहयोग गर्नु त कता हो कता उल्टै योगीको नाममा बडो दुःखपूर्वक स्थापना गरिएको पुस्तकालयबाट पुस्तक लैजाने, पैसा नतिर्ने र हुँदा हुँदा पुस्तकालय नै बन्द गराइदिनेसम्मका घटना घटाइएको छ । सर्वशक्तिमान सरकारी निकायले सोझा सादा सन्त महन्तहरूसँग मुसा बिरालाको खेल खेलिरहन आवश्यक छैन, ती पनि गोरक्षनाथकै अंश मानिन्छन् । तीनकोटी जनताहरूको गरिमालाई लात्तिले हा; सुहाउँदैन । योगीजीका बारेमा चर्चा गर्दा यही घटनाक्रम कहिल्यै बिर्सन सक्दिन, नलेखुँ नबोलुँ भन्दाभन्दै पनि पीडाबोधका कारण लेख्न, कोट्याउन विवस् हुन्छु । चिरिएको छातीको पीडा बिर्सन र आँखाबाट बग्ने आँसु रोक्न सक्दिन । जे होस् घाउ कोट्टयाएर केही हुनेवाला छैन, जे नहुनुपथ्र्यो त्यो भइसक्यो । फेरि यस्तो कहिल्यै नहोस्, अब राम्रो होस्, राम्रो गरियोस् भन्ने कामना गर्दछु ।

गर्भ नै तुहिएका कारण नदेखेको सन्तान्को लागि रोइलो गरिरहनुको कुनै अर्थ छैन । जे जति बचे वा बचाइएका छन् अझैँ पनि तिनमा चित्त बुझाउन सकिने प्रशस्तै ठाउँ छन् । सदुपयोग गरेर राष्ट्रलाई समृद्ध बनाउन सकिने थुप्रै आधारशीला बनेका छन् । समाधिमा लीन भैसक्नुभएका वरेण्य विद्वान् योगीजीप्रति कृतज्ञता व्यक्त गरौँ, सबै मिलेर उहाँले संग्रह गरिदिनुभएका सामग्रीको रक्षा गरौँ ।सम्पूर्ण विश्वमानवसमुदायले हातेमालो गरौँ । समाज र राष्ट्र कल्याणका लागि यीनको सदुपयोग गरौँ ।योगीजीले झैँ आफ्नो समाज र आफ्नो जन्मभूमि राष्ट्रलाई माया गरौँ । योगीजीले हाम्रै निम्ति, समाजकै निम्ति र विश्वमानवसमुदायको कल्याणकै निम्ति आपूmले अनेक दुःख कष्ट सहेर ती सामग्रीहरू संग्रह गरिदिनुभएको हो भन्ने बुझौँ । दुर्लभ भैसकेका योगीजीका कृतिहरू भटाभट पुनप्र्रकाशन हुँदै गएका छन् । प्रवचन क्यासेटहरू पुनर्जीवित बनाउँदै लगिएका छन् । योगीजीका दुःख र पीर ती कृतिहरूमा पढ्न पाइन्छ, सुन्न पाइन्छ, पीडाबोध गरौँ । राष्ट्रगुरु योगी नरहरिनाथको १०५औँ जन्म जयन्तिका अवसरमा यही नै राष्ट्रगुरु योगी नरहरिनाथप्रति सच्चा श्रद्धाञ्जली ठहरिने छ ।

जय गोरक्षनाथ । जय नरहरे ।।

बिश्व के.सी. (पोखरेल)

महासचिव

श्रीबृहद् आध्यात्मिक परिषद्