एजेन्सी - क्यानडाका प्रधानमन्त्रीकी श्रीमती कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकी छिन् ।

सामाजिक सञ्जालमा एक सन्देह प्रवाह गर्दै प्रधानमन्त्री पत्नी सोफी ग्रेगवर ट्रूडोले भनिन्, ‘म पहिलाभन्दा निकै राम्रो महसुस गरिरहेकी छु ।’ सोफीले आफू डाक्टर र ओटावा जनस्वास्थ्यको सहयोगमा ठिक भएको जानकारी दिएकी छिन् ।'

जस्टिन ट्रूडो कार्यालयले १२ मार्चमा सोफीलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएको थियो । त्यतिबेला उनी लण्डनबाट फर्किएकी थिइन् ।