काठमाडौं - रासायनिक मल उद्योग स्थापनाका लागि गोरखपुरदेखि रुपन्देहीसम्म प्राकृतिक ग्यास पाइपलाइनको अध्ययन शुरू गरिएको छ ।

मल उद्योग स्थापनाका लागि यस्तो ग्यास पाइपलाइन आवश्यक हुने भएकाले यसको सम्भाव्यता थालिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । 

रासायनिक मल उत्पादनका लागि प्राकृतिक ग्यास कच्चा पदार्थ हो । यो मिथेन ग्यास हो ।

निगमका अनुसार समितिले पाइपलाइनसँगै नेपालमा रासायनिक मलको माग, बजार र व्यापारका बारेमा पनि अध्ययन गर्नेछ । 

गोरखापत्र दैनिकबाट