काठमाडौं - अजय देवगन अहिले आफ्नो नयाँ फिल्म ‘भुज : द प्राइड इन्डिया’ को सुटिङमा व्यस्त छन् । उनी यस फिल्मका निर्माता पनि हुन् । 

फिल्म सन् १९७१ को भारत–पाकिस्तान युद्धको विषयमा आधारित छ । यसमा अजयले विजय कर्निकको भूमिका निर्वाह गर्दै छन्, जो युद्धका दौरान भुज एयरबेसमा खटिएका थिए ।

फिल्ममा अजयसँगै अभिषेक बच्चन पनि देखिएका छन् । उनीहरू सात वर्षपछि एकसाथ फिल्ममा देखिन लागेका हुन् । पछिल्लोपटक उनीहरू ‘बोल बच्चन’मा सँगै देखिएका थिए ।

यी दुईको जोडीले दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाएको थियो । त्यसअघि ‘जमिन’मा पनि उनीहरूको तारिफ भएको थियो । यसपटक पनि दर्शकले यो जोडीलाई रुचाउलान् त ?