पाँचथर - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीचको समझदारी महाधिवेशनसम्म जाँदा कार्यान्वयन हुने बताएका छन् ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रमको लागि मंगलबार पाँचथर पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओली र आफूबीच कुनै विवाद नरहेको बताए ।

‘पार्टी एकता गर्दाताका भएको सहमति कार्यान्वयनको क्रममा छन्’, उनले भने, ‘सबै समझदारीहरु महाधिवेशनसम्म जाँदा कार्यान्वयन हुन्छन् ।’

पछिल्लो समय प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच दूरी बढेको आशंका गरिएको बेला प्रचण्डले त्यस्तो हल्लाको पछाडि नलाग्न समेत आग्रह गरे ।

उनले सोमबार मात्रै प्रधानमन्त्री ओलीसँग समग्र परिस्थितीलाई कसरी लैजाने भनेर दुई घण्टा छलफल भएको स्मरण गर्दै भने, ‘एउटा समझदारीमा फेरी अगाडि जाने संकल्प गरेका छौँ ।’