काठमाडौं - चर्चित भारतिय कलाकार नेहा कक्करले बिहे गर्ने भएकी छिन् । टीभी रियालिटी सो ‘इन्डियन आइडल-११’को सेटमा गायिका नेहा कक्कड र प्रस्तोता आदित्यनारायण झाको विवाह हुन लोगेको हो । आदित्यनारायण नेपाली गायक उदितनारायण झाका छोरा हुन्।

आइडलको एक एपिसोड छायांकनका क्रममा दुवैका आमाबुवा पुगेर दुवैको विवाह पक्का गरेका हुन्। दुवैका आमाबुवा सोमा अतिथिका रूपमा पुगेका थिए।

नेहा-आदित्य विवाह गर्दै

जब नेहाले आमालाई देखेर सोधिन्, ‘यहाँ के भइरहेछ ? ’ उत्तर दिँदै आमाले भनिन्, ‘हामीले तिम्रो विवाह आदित्यसँग तय गरेका छौं। मलाई यो केटा राम्रो लाग्छ।’ सोमा आदित्यकी आमा पनि उपस्थित थिइन्। उनले नेहासँग भनिन्, ‘हामी तिमीलाई धेरै माया गर्छौं र तिम्रो फ्यान पनि हौं।’

सोमा दुवैको विवाह तय गर्न पुगेका उदितनारायणले भने, ‘हामी यहाँ आदित्य र नेहाको विवाह गराउन आएका हौं।’ त्यसपछि आदित्य स्टेजमा नाच्न थाले। नेहासँगै रहेका दुवै जज हिमेश रेशमिया र विशाल ददलानीले खुसी व्यक्त गरे।