काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

यस्तै बुधबार चाँदीको मूल्य भने ८८० मा कारोबार भएको छ । मंगलबार चाँदी ८७० मा कारोबार भएको थियो ।