काठमाडौंमा ६०९ सहित उपत्यकामा थपिए ७५५ कोरोना संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा २२९ महिला र ३८० पुरुष, भक्तपुरमा १२ महिला र ३९ पुरुष, ललितपुरमा ३८ महिला र ५७ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
बुधबार काठमाडौंमा ४९२ , भक्तपुरमा ९५ र ललितपुरमा ५० गरी ६३७ कोरोना संक्रमित थपिएका थिए । मंगलबार काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ गरी ६४७ कोरोना संक्रमित थपिएका थिए ।
सोमबार काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ गरी उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन् ।
आइतबार काठमाडौंमा ६०२ , भक्तपुरमा १०१ र ललितपुरमा ६४ गरी उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका थिए । शनिबार काठमाडौंमा पाँच सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना गरी ७११ कोरोना संक्रमित देखिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस