काठमाडौं - एसईई पूरक परीक्षाको समय तालिका सरेको छ।

यसअघि साउन २६ र २७ गतेका लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

२०७५ चैतमा सम्पन्न कक्षा १० को परीक्षामा नियमित समूहबाट परीक्षा दिएर सी वा सीभन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धिको लागि परीक्षामा सहभागी हुन सक्नेछन्।

तर दुई विषय भन्दा बढी विषयमा अनुपस्थित रहेका वा ग्रेड उल्लेख नभएका विद्यार्थी भने यो परीक्षामा सहभागी हुन नपाउने सूचनामा उल्लेख छ।

see photo xupde0zK3s