काठमाडौं - हलिउडका अभिनेता तथा कमेडियन जेरी स्टिलरको ९२ वर्षको उमेरमा निधन भएको छ ।

अभिनेता नै रहेका उनका छोरा बेन स्टिलरले ट्वीटर मार्फत यसको जानकारी दिएका हुन् । ‘उहाँ महान बुवा र हजुरबा हुनुहुन्थ्यो, र अन्नाका लागि ६२ वर्षसम्म असाध्यै समर्पित श्रीमान । उहाँ मिस भइरहनुहुनेछ । लभ यु बुवा,’ बेनले लेखेका छन् ।

जेरीले २०१५ मा आफ्नी पत्नी गुमाएका थिए । जेरीका तीन सन्तानमध्ये जेठो सन्तान थिए । जसले आफ्नो बाबुले परिवार पाल्न संघर्ष गरेको नजिकबाट देखेका थिए । उनले जीवनकालमा थुप्रै चर्चित हलिउडका फिल्ममा अभिनय गरेका थिए