काठमाडौं - त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन्।

प्रहरीले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने निरज राना मगरलाई बुटवलबाट पक्राउ गरेको हो। उनलाई अहिले काठमाडौं ल्याइएको छ ।

थप अनुसन्धानको लागि काठमाडौं ल्याइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।यसअघि उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने रुपेश शाह र रविन लामालाई प्रहरीले पक्राउ गरिसकेको छ।

उपप्राध्यापक चलाउनेलाई गत असोज २० गते विश्वविद्यालय परिसरमा उनीहरूले कुटपिट गरेका थिए।