एजेन्सी - अफगानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा परि १४ जनाको मृत्यु भएको छ । काबुलस्थित एक प्रहरी कार्यालय बाहिर भएको बम विस्फोटमा परि १ सय ५० जना घाइते भएका छन् ।

घाइते हुनेमा प्रायः सर्वसाधारण नागरिक रहेको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको अन्त्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अफगानिस्तान गृह मन्त्रालयका अनुसार बम आक्रमणमा कार बमको प्रयोग गरिएको थियो । बम आक्रमणको जिम्मा तालिबानले लिएको छ ।