काठमाडौं - कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको छ । यो साता ज्यान गुमाउने तीनै नेपाली कतारमा थिए । योसँगै विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ३० जना पुगेको छ ।

गएको साता संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या शून्य रहेकोमा यो साता थप तीन जनाको मृत्यु भएको गैरआवसीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा १० हजारभन्दा बढी नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका छन् ।