काठमाडौं - सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भइरहेको छ ।

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको रिक्त सभामुखमा पार्टीको उम्मेदवार टुंग्याउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षले छलफल शुरु गरेका हुन् ।  सो छलफलबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखको उम्मेदवार टुंग्याइने  विस्वास गरिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखविहिन बनेको छ।

नेकपा सचिवालयको शनिबार साँझ बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएपनि तुम्बाहाङ्फेले भने आफूले राजीनामा नदिने र आइतबारको बैठक आफै‌ंले चलाउने बताउँदै आएकी छन् ।