काठमाडौं - सलमान खान स्टारर 'दबंग ३' को फस्टलुक सार्वजनिक भएको छ । बुधबार सलमानले ट्विटरमा शेयर गर्दै लेखेका छन्  'आ रहे हैँ चुलबुल राँबिनहुड पाण्डे ठिक दिन बाद,  स्वागत तो करो हमारा ।

फिल्म हिन्दी भाषासहित तामिल, तेलुगुमा रिलिज हुने सलमानले बताए । प्रभुदेवाले निर्देशन गरेको दबंगका तिनै वटा सिक्केलमा सलमानले मुख्य भुमिका निभाएका छन् ।

1140x725

फिल्ममा सुदिप, सोनाक्षी सिन्हा, अरबाज खान, टिनु आनंद, पंकज त्रिपाठिको अभिनय रहेको छ । फिल्म डिसेम्बर २० मा रिलिजको तयारीमा रहेको छ ।