काठमाडौं - कोरोना भाइरस रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा अहिलेसम्म १५ करोड ३१ लाख रुपियाँ जम्मा भएको छ।

शुक्रबार एक सूचना जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार दिउँसो सम्म १५ करोड ३१ लाख तीन हजार २ सय २२ रुपैयाँ जम्मा भएको जनाएको हो ।

सरकारले गत आइतबार उक्त कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो। सरकारले रकम जम्मा गर्ने आह्वान गरेसँगै उक्त कोषमा सांसद, कर्मचारी, उद्योगी लगायत राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सात दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले पाँच दिनको र राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीले तीनको तलब बराबरको तलब कोषमा जम्मा गर्ने भएका छन्।