काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीले भेट फलदायी रहेको भन्दै ट्विट गरेका छन्।

त्यसअघि राष्ट्रपति हमिद र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,कांग्रेस सभापति देउवाले भेटवार्ता गरेका थिए।