काठमाडौं - उपचारको क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्सबाट मन्त्रीहरुको ब्रिफिङ लिने भएका छन् ।

प्रधानमन्त्रीले ओलीले मंगलबार सिंहदरबारबाट मन्त्रीहरुको ब्रिफिङ सुन्ने भएका हुन् । मंगलबार दिउँसो एक बजे सबै मन्त्रीहरुलाई सिंहदरबारमा प्रधानमन्त्रीलाई ब्रिफिङ दिन बोलाईएको छ ।

उपचारका लागि सिंगापुरमा लामो समय बसेका प्रधानमन्त्रीले सरकारको गतिविधिबारे भिडियो कन्फरेन्सबाट मन्त्रीहरुसंग ब्रिफिङ लिन लागेको हुन् ।

उनले यसअघि भिडियो कन्फरेन्सबाट मन्त्री परिषद्को बैठक राखेका थिए ।यद्वपी सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाले सो बिषयको खण्डन गरेका थिए ।

प्रधानमन्त्री ओलीको सिंगापुरको नेश्नल युनिभर्सिटी हस्पिटलमा प्लाज्मा फेरेसिस गराईरहेका छन् । लामो समययता मृगौलाका विरामी रहेका उनी उपचारको क्रममा सिंगापुरमा छन् ।