एजेन्सी - निर्भया बलात्कार काण्डका एक दोषी विनयकुमार शर्माले मृत्युदण्डको सजायँ सुनाइएको दुई दिनपश्चात सुप्रिम कोर्टमा एक संशोधन याचिका दायर गरेका छन् ।

दोषी प्रमाणीत भइसकेको शर्माले आफ्नो कानुनी अधिकारको उपयोग गर्दै अदालतमा क्यूरेटिव पिटीशन (संशोधन याचिका) दायर गरेका हुन् । 

शर्मासहित चारजना अभियुक्तलाई गत मंगलबार दिल्लीस्थित पटियाला हाउस अदालतले मृत्यूदण्डको सजायँ सुनाएको थियो । अदालतको निर्णयअनुसार अभियुक्त चारैजनालाई जनवरी २२ मा मृत्युदण्ड दिने तय गरिएको छ ।

के हो संशोधन याचिका ?

संशोधन याचिका दोषीहरूलाई कानुनको तर्फबाट दिइने एक अधिकार हो । संशोधन याचिकाको प्रयोग त्यतिबेला गरिन्छ जब कुनै दोषीले राष्ट्रपतिसमक्ष पेश गरेको याचिका र सुप्रिम कोर्टमा दायर गरेको पुनर्विचार यचिका खारेज गरिन्छ ।

यस्तो अवस्थामा संशोधन याचिका दोषीसँग रहने अन्तिम कानुनी अस्त्र हो, जस्ले दोषी आफूलाई सुनाइएको सजायँमा केही सहुलियतको माग गर्न सक्छन् । संशोधन याचिकामाथि अदालतको फैसलापश्चात दोषीले कुनै पनि कानुनी सहायता लिन सक्दैनन् ।