काठमाडौं - यूनियन लाईफ इन्स्योरेन्सले व्यतित बीमालेखहरुलाई शतप्रतिशत व्याज छुट दिने भएको छ ।

यूनियन लाईफ इन्स्योरेन्सबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएकाहरुले कार्तिक ३० गतेसम्म नवीकरण गरेमा उक्त छुट दिने बताएको छ ।

त्यसरी व्यतित भएको बीमालेखको लागि आवश्यक प्रकृया पुरा गरी आजदेखि कार्तिक मसान्त सम्ममा पूनर्जागरण (नवीकरण) गराएमा लाग्ने बीमा शुल्क ब्याजमा शतप्रतिशत छुट प्रदान गरिएको घोषणा गरेको छ ।

पूनर्जागरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने कम्पनीले जनाएको छ ।