काठमाडौं - विवेकशील नेपाली दल र साझा पार्टीले एकीकरणको तयारीमा जुटेका छन् ।

मंगलबार दुई पार्टीबीचको एकतासम्बन्धी तयार भएको संयुक्त प्रतिवेदन साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएका हुन् । उक्त प्रतिवेदनमाथि दुबै दलको केन्द्रीय समितिमा छलफल हुने बताइएको छ ।