एजेन्सी -  बलिउड नायक रितिक रोशनका लागि यो वर्ष निकै सुखद रह्यो । यस वर्ष रिलीज भएको उनको दुई वटा फिल्मले बक्स अफिसमा निकै राम्रो कमाई गर्यो । रितिक अभिनित ‘सुपर ३०’ र ‘वार’ दुवै फिल्मले पैसा त कमयो नै उनले प्रसंशक पनि निकै कमाए । 

लगातार दुई वटा फिल्म हिट भएपछि रितिकले आफ्नो शुल्क बढाएको बलिउडमा चर्चा चल्न थालेको छ । लगातार फिल्म हिट भएपछि नायकले शुल्क बढाउनु स्वभाविक हो । बलिउडमा त्यस्तो परम्परा नै छ ।

त्यस बारेमा रितिकले नै मुख खोलेर केही भनेका भने छैनन् । उनको आउने फिल्मको घोषणा भइसकेको छैन् । तर, उनका प्रशंसक भने आगामी फिल्मको प्रतिक्षामा जुटिसकेका छन् ।