काठमाडौं - नेपाल बैंकले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले बनाएको कोषमा १ करोड दिने निर्णय गरेको छ ।

बैंकको संचालक समितिको बैठकले सरकारले बनाएको कोषमा दिने निर्णय गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सो निर्णय लिएको संचालक समितिका अध्यक्ष बासुदेव अधिकारीले बताए ।

सरकारले कोरोना भाइरस नियन्त्रणको लागि ५० करोड रुपैयाँको फण्ड बनाउने निर्णय गरेको थियो । जसमा प्रधानमन्त्री तथा मन्त्रीले एक महिनाको तलब दिने निर्णय गरेका छन् ।